समाचार

कागेश्वारी मनोहराद्वारा गाईबाच्छा उद्धारका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

७ आश्विन २०८०, आईतवार ०७:१७
कागेश्वारी मनोहराद्वारा गाईबाच्छा उद्धारका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

७ असोज, काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न २३ लाख आर्थिक सहयोग गरेको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई २३ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ ।

अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ ।

आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ । कोषको गुरुयोजनाअनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्