७ असोज, काठमाडौं। सभामुख देबराज घिमिरे आज स्वदेश फर्किँदैछन्। एक साता लामो आयरल्याण्डको औपचारिक भ्रमण सकेर आज बिहान स्वदेश फर्किन लागेका हुन्।
आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार बिहान स्वदेश फर्किएको हो ।
भ्रमणकाे अन्तिम दिनमा सभामुख घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका थिए। राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका दौरानमा दुई देशबिचको संसदीय आदान प्रदान लगायतका विषयमा गम्भीर छलफल भएको जानकारी दिए । ‘दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु । संसद्का कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।’
सभामुख घिमिरेले राष्ट्रपति, मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मुलुकले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिए । उनले नेपाली विद्यार्थीलाई दिन सक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहितका नेपाली जनशक्तिको रोजगार लगायतका विषयमा छलफल भएको उनको भनाइ छ । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुखको भनाइ छ ।
यस्तै आयरल्यान्डमा बसोबास गरेका नेपालीहरूको बारेमा त्यहाँका सभामुखको चिन्ता जनाएको उनले जानकारी दिए । आफ्नो देश बनाउन नेपालीहरूको ठुलो योगदान रहेको र उनीहरूलाई सहुलियत दिएर सकेसम्म उतै राख्न चाहेको कुराकानीमा बताएको घिमिरेको जिकिर छ । तीबाहेक आयरल्यान्ड र नेपालको संसदबीचको सम्बन्ध विस्तार गर्न, नेपालको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको विकासमा संसद्, सरकारको तर्फबाट सहकार्य गर्न चाहेको उनले सुनाए ।