२९ मंसिर, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युबा संगठन नेपालले कालीकोटका शिक्षा समन्वय इकाइ प्रमुख महेशदत्त देवकोटालाई कालोमोसो दलेका छ्न।
बुधबार दिउँसो कार्यालय समयमा समूहमा आएर प्रमुख देवकोटाले शिक्षक सरुवा–बढुवामा आर्थिक चलखेल गरेको शैक्षिक क्षेत्रमा मनपरि गरेको भन्दै उनलाई कालोमोसो दलेको युवा संगठनले जनाएको छ।
                            
                            
शिक्षकबाट घुस लिएको पैसा तत्काल फिर्ता गर्न आग्रह गरेपनि प्रमुखले नमानेपछि उक्त कारबाही गरिएको रणदीपले बताए । शिक्षकबाट लिएको घुस अझै फिर्ता नगरे थप कारबाही गर्ने चेतावनी समेत दिएका ।
