७ असोज, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपमा पाकिस्तान, भारत र भुटान सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलोपटक सहभागी भएको पाकिस्तान समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गरेको हो । भुटान र भारत समूह ‘बी’बाट एक खेलअघि नै अन्तिम चारको यात्रा तय गरेका छन् ।
शनिबार समुह ‘बी’ अन्तर्गत समुुह बी को दिनको दोस्रो खेलमा भुटानले बंगलादेशलाई ४–३ गोलले पराजित गदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । बंगलादेश आफ्नो पहिलो खेलमा भारतसँग ३–० गोलले पराजित भएको थियो ।
तर, माल्दिभ्स खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा अंक बाढ्न बाध्य बन्यो । ८४औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए ।
आजै भएको समूह ‘बी’को खेलमा भुटानसँग हार बेहोरेपछि बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा भुटानले बंगलादेशलाई ४–३ ले हराएको थियो । भुटानको जितमा जिग्मे नाम्गेलले दुई गोल गरे । यस्तै, किङ्जाङ तेन्जिन र रिन्जान दोर्जीले समान एक गोल गरे । बंगलादेशका रुबेन सेख, असादुल मोला र राजु अहमेदले गोल गरे पनि हार भने टार्न सकेनन् ।
नेपाललाई सेमिफाइनल प्रवेशका लागि माल्दिभ्सलाई हराउनैपर्ने दबाब छ । माल्दिभ्स भने बराबरीले पनि अन्तिम चारमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । दशरथ रंगशालामा ३९औँ मिनेटमा कप्तान सनान रासिदको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । ८४औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए ।