समाचार

काँग्रेस उपसभापतिको मतगणना अपडेटः कस्को कति ?

२९ मंसिर २०७८, बुधबार १७:०१
काँग्रेस उपसभापतिको मतगणना अपडेटः कस्को कति ?

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणना भइरहेको छ ।

अघि देखि शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता लिएको १० बजे पछि शेरबहादुर देउवा प्यानलका उम्मेद्वारले अग्रता  बनाएका छन्।

३५५८ मत गणना हुँदा देउवा प्यानलबाट उपसभापति उम्मेद्वार बनेका पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् भने देउवा प्यानलबाट उपसभापति उम्मेद्वार बनेका विजयकुमार गच्छेदारले १४४३ मत पाएका छन् ।

सुरुदेखि शीर्ष दुईमा परेका शेखर कोइराला प्यानलका धनराज गुरुङ भने अहिले केही मतले पछाडि परेका छन् । कस्को कति ?

१. पूर्णबहादुर खड्का– १६३४
२. विजयकुमार गच्छेदार– १४४३
३. धनराज गुरुङ–१४३७
४. चन्द्र भण्डारी– १२५७
५. सुजाता कोइरालाले- ४३८
६. महेश आचार्यले -४१३
७. दिव्येश्वरी साहले- १७२

जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसक्नुभएको छ ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्