समाचार

क्यान निर्वाचन २५ मत गन्दा पारसलाई १ मतको अग्रता

६ आश्विन २०८०, शनिबार १०:५६
क्यान निर्वाचन २५ मत गन्दा पारसलाई १ मतको अग्रता

६ असोज, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन अन्तर्गत मतगणना जारी छ।

पदाधिकारीमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनबहादुर सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्वारोध भएका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो ।

मतगणनाको प्रारम्भिक नतिजामा सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ। २५ मत गनेर सकिँदा पारसले १३ मत पाएका छन् भने प्रशान्तविक्रमको पक्षमा १२ मत खसेको छ।

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

प्रतिक्रिया दिनुहोस्