समाचार

सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : भट्टराई

६ आश्विन २०८०, शनिबार १०:५१
सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : भट्टराई

६ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको भनाई थियो ।

‘हाम्रो बजेटमा शिक्षामा लगानी गर्ने कुरा वार्षिक रुपमा घटदै गएको छ । जब हामी लगानी गर्दैनौं भने प्रतिफल कहाँबाट आउँछ ? प्रतिफल खोजिराखेका छौं तर लगानी जति गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौं । जब लगानी गर्दैनौं भने त्यो अनुसार प्रतिफल आउँदैन । त्यसकारणले शिक्षा, स्वास्थ्यमा लगानी भनेको व्यपार होइन । यसले मुलुकलाई दिर्घकालीन रुपमा एउटा बलियो राष्ट्र बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसकारण शैक्षिक क्षेत्रको लगानी बढाउनु पर्दछ भन्ने मान्यता म राख्दछु,’ उनले भने, ‘गुणस्तरीय शिक्षाको निम्ति राज्य पक्ष, अभिभावक, विद्यार्थी, शिक्षक यी सबै स्टेकहोल्डर छन् । यी सबैको समन्वयकारी भूमिका आवश्यक छ । हाम्रो शिक्षण पद्धतिमा परिवर्तन गर्नुपर्ने हुनसक्छ । हाम्रा पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यसैले यसका निम्ति हामीले एउटा राष्ट्रिय बहस चलाउनुपर्ने हुन्छ ।’

त्यति संवेदनशील हुन सकेको छैन । हामीलाई लाग्छ–यो मुलुकको समग्र आर्थिक समृद्धि विकासको पहिलो जग भनेको शिक्षा नै हो । यो दुनियाँमा जहाँ पनि त्यही नै हो । बलियो शिक्षाले मात्रै बलियो देश बनाउँछ । बलियो शिक्षाले बलियो नागरिक बनाउँछ । बलियो शिक्षाले बलियो अर्थतन्त्र बनाउँछ । बलियो शिक्षाले मात्रै बलियो राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सकिन्छ । तर विडम्बना हामीसँग त्यस्तो अवस्था छैन । हाम्रो बजेटमा शिक्षामा लगानी गर्ने कुरा वार्षिक रूपमा घट्दै गएको छ । जब हामी लगानी गर्दैनौँ भने प्रतिफल कहाँबाट आउँछ । प्रतिफल तै खोजिराखेका छौँ । तर लगानी जति गर्नुपर्ने हो, त्यो सकेका छैनौँ । जब लगानी गर्दैनौँ भने त्यो अनुसार प्रतिफल आउँदैन । त्यस कारणले शिक्षामा, स्वास्थ्यमा यो लगानी भनेको व्यापार होइन ।

यी सबैको समन्वयकारी भूमिका आवश्यक छ । हाम्रो शिक्षण पद्धतिहरूमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । हाम्रा पाठ्यक्रमहरूमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । त्यसैले यसका निम्ति हामीले एउटा राष्ट्रिय बहस चलाउनुपर्ने हुन्छ ।

म सरकारलाई त्यो अनुरोध गर्न चाहन्छु । अभिभावकहरू शिक्षाको गुणस्तरको निम्ति आफ्नै बालबच्चाको शैक्षिक भविष्यको निम्ति त्यो शैक्षिक क्रियाकलापमा कत्तिको संलग्न छन् । विद्यार्थी र शिक्षक मात्रै संलग्न भएर हुँदैन । अभिभावकहरूलाई हामी कत्तिको संलग्न गराउँदछौ । त्यो ज्यादै महत्त्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्