समाचार

बाँके बालसुधार झडपः फरार ९ बालबन्दी अझै सम्पर्कविहीन

६ आश्विन २०८०, शनिबार ०२:२४
बाँके बालसुधार झडपः फरार ९ बालबन्दी अझै सम्पर्कविहीन

६ असोज, बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।

उनीहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी नारायण डाँगीले बताए। बालसुधार गृहको स्थिति सामान्य भइसकेको उनले बताए। झपडमा उत्रिएका दुवै समूहसँग छलफल र संवाद गरेर सुधार गृहभित्रको बातावरण सामान्य बनाउने प्रयास भइरहेको उनको भनाइ छ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसबाकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । बालसुधार गृहमा पोशाक र हतियारसहितको प्रहरी तैनाथी नरहने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्