अर्थ / वाणिज्य

एनआईसी एशिया बैङ्कको २६ औँ वार्षिक साधारण सभा आश्विन २८ मा

६ आश्विन २०८०, शनिबार ०२:१०
एनआईसी एशिया बैङ्कको २६ औँ वार्षिक साधारण सभा आश्विन २८ मा

६ असोज, काठमाडौँ ।  एनआईसी एशिया बैंकले लाभांश पारित गर्न असोज २८ गते साधारण सभा डाकेको छ ।

काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा सुरु हुने बैङ्कले जनाएको छ । साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव कार्कीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्