५ असोज, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्।
शुक्रवार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन्।
‘यातायात क्षेत्र चुस्त नहुँदा दसैं, तिहार र छठजस्ता पर्वहरुमा लाखौं यात्रुले सास्ती पाउँदै आएका छन्, यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौं’ मन्त्री ज्वालाले भने, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापन थाल्छौं ।’ यात्रु ठगिने, बीच बाटोमा अलपत्र पर्नेजस्ता सास्ती ब्यहोर्नु नपरोस् भन्ने उद्देश्यले काम थालिएको उनको भनाइ छ ।
यात्रुहरू ठगिने, बीचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस् भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन्।
मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाईं, बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो।
‘पूर्वको ताप्लेजुङ होस् वा कर्णालीको जुम्ला, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि वञ्चित हुन दिँदैनौं’ यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले भने । दसैंको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई मन्त्री ज्वालाले निर्देशन दिएका छन् ।
‘वर्षातका कारण सडक बिग्रेका छन्, ती सडक तत्काल मर्मत तथा सुधार गर्नुहोस्’ मन्त्री ज्वालाले भने । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिवद्धता जनाएका छन् ।
मन्त्री ज्वालाले दसैंको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिएका छन्। ‘वर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडकहरू तत्काल सुधार गर्नुहोस्,’ मन्त्री ज्वालाले भनिन्।
लगत्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाएका छन् भने ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफूहरूले कुनै कसरत बाँकी नराख्ने बताएको छ।