५ असोज, काठमाडौँ । आन्दोलनरत शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई लिएर राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् ।
‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ,’ राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।
आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् ।
‘माइतीघर मण्डलामा भोलि भेला हुन्छाैँ । ४० हजार शिक्षक आक्रामक रूपमा उत्रिन्छाैँ । शिक्षक महासंघबाट राजीनामा दिने कुरा भएकाे छ,’ राहत शिक्षकका महासचिव कुमार बजगाईंले भने ।