अर्थ / वाणिज्य

सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने

५ आश्विन २०८०, शुक्रबार १०:५४
सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने

५ असोज, काठमाडौं । सिटिजन्स बैंक सञ्चालक समितिको बैठकले सत्रौं वार्षिक साधारणसभा असोज २६ गते शुक्रबारका लागि तय गरेको छ ।

बैंकले  यस अगि नै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरिसकेको थियो । जसअनुसार  हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सभमा अगाडी सरेको छ।

बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको एकीकृत वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण लगायतका वित्तीय विरणहरु पारित गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

बिहान ११ बजे कालिकास्थानको अमृृतभोगमा साधारणसभा बस्ने भएको छ । सभामा बैंकका वित्तीय विवरणमाथि छलफल गरी सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव लगिनेछ । बैंकका देशभर १८८ वटा शाखा, १४८ वटा एटीएम, ९७ वटा शाखा रहित बैंकिङ्ग इकाइ सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्