मुख्य समाचार

गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

५ आश्विन २०८०, शुक्रबार १०:५०
गृह मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा वार्ता सुरू भएको छ। विद्यालय शिक्षा विधेयकविरुद्ध तीन दिनदेखि आन्दोलरत शिक्षकसँग सरकारले केही बेरअघिबाट वार्ता सुरू गरेको हो।

जारी वार्तामा सरकारले शिक्षकको माग सम्बोधन गरी आजै सहमतिमा पुग्ने गरी कार्य प्रक्रिया अघि बढाएको छ । साथै, आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनबारे शिक्षा मन्त्रालयले सहमतिको ड्राफ्ट तयार गरेको छ ।

असोज ३ गते शिक्षा विधेयक संशोधनसँगै नेपाल शिक्षक महासंघले १८ बुँदे माग राखेर आन्दोलनमा छ। मागमा विगतमा सहमति गरिएको बाचाअनुसार अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरिनुपर्ने, शिक्षकको तलबभत्ता र ग्रेड निजामती कर्मचारीको भन्दा कम हुने छैन भन्ने स्पष्ट व्यवस्था गरिनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, शिक्षक सरूवाको अधिकार स्थानीय तहमा दिन नहुनेलगायत मागहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्