५ असोज, काठमाण्डौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठकमा महासमिति बैठकको एजेण्डा तय गर्ने कांग्रेसले जनाएको छ। हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी) अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।
मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीको आन्तरिक संचरना समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुनेछ। कांग्रेसले आगामी मंसिर १३,१४ र १५ गते लागि महासमिति बैठक बोलाएको छ।