शिक्षा

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

४ आश्विन २०८०, बिहीबार ०३:२२
आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

४ असोज, काठमाण्डौं। आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।

राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । आफ्ना माग सम्बोधन सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।

आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुँदैछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरूप्रति गम्भिर नभएपछि बाध्य भएर सडकमा आउनु परेको हो ।

प्रतिक्रिया दिनुहोस्