३ असोज, काठमाडौं । राजधानीको बुढानिलकण्ठ नगरपालिका– १३ चुनिखेल गाम्चाको एक घरमा चोरी भएको छ ।
आईतनारायण श्रेष्ठको घरबाट अन्दाजी ४ तोला सुनका गरगहना, अन्दाजी ५ तोला चाँदी र नगद ९० हजार गरी करिब ५ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल बुधबार चोरी भएको हो ।
चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको हो ।