समाचार

कांग्रेस उपसभापति: शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता

२९ मंसिर २०७८, बुधबार १६:२७
कांग्रेस उपसभापति: शेखर प्यानलका गुरुङ र भण्डारीको अग्रता

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति चयनका लागि भइरहेको मतगणनामा शेखर कोइराला प्यानलका उम्मेद्वारले अग्रता बनाएका छन्। कोइराला प्यानलबाट उपसभापति उम्मेद्वार बनेका धनराज गुरुङ र चन्द्र भण्डारीले अग्रता बनाएका हुन्।

शुरुदेखि नै अग्रता लिएका गुरुङले १७ सय भोट गणना हुँदा गुरुङले ७४५ र चन्द्र भण्डारीले ६७२ मत पाएका छन् । अग्रता बनाउने दुबै उम्मेदवार डा शेखर कोइराला प्यानलका हुन् ।

यस्तै शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले ५८० मत र चौथोमा रहेका विजयकुमार गच्छदारले ५७०, सुजाता कोइराला १३८,
महेश आचार्य  १२३, दिव्यश्वरी शाह ३५ मत पाएका छन्।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् ।

प्रतिक्रिया दिनुहोस्