शिक्षा

शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारबाही गर्नेको चेतावनी

३ आश्विन २०८०, बुधबार १५:१९
शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारबाही गर्नेको चेतावनी

३ असोज, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने निर्णय गरेको छ।

 महानगरले आज एक सूचना जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस विज्ञप्तिप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार महानगरले आन्दोलनका नाममा स्कुल बन्द गरेको भेटे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइँले जानकारी दिए।

उनका अनुसार भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको मिति २०६८। २।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७४ को दफा ३८ तथा अन्य प्रचलित शिक्षा ऐन तथा नियमावलीको भावना प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्र” को अवधारणा विपरीत अवाचित कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई विदितै छ।’

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ। शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ।

null

प्रतिक्रिया दिनुहोस्