समाचार

टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी

३ आश्विन २०८०, बुधबार ०५:१७
टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी

३ असोज, काठमाडौं।  टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनीहरुलाई कैद माफी दिएका हुन्।

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले बताए ।

उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलमा थिए । टीकापुर मुद्दाका यी तीनसहित  ९ जना आज रिहा हुन लागर्हुेका  हुन् । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्