खेलकुद

च्याम्पियन्स लिगको पहिलो खेल: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

३ आश्विन २०८०, बुधबार ०२:३६
च्याम्पियन्स लिगको पहिलो खेल: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

३ असोज, काठमाडौ । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गरेको छ।

समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीका पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले एक-एक गोल गरे। दुवै गोल दोस्रो हाफमा भएका थिए।

एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए भने ५८औं मिनेटमा हाकिमीले निर्णायक गोल गर्दै आफ्नो टिमलाई जिताए।

प्रतिक्रिया दिनुहोस्