शिक्षा

शिक्षा दिवस- नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)

२ आश्विन २०८०, मंगलवार ०४:५७
शिक्षा दिवस- नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)

२ असोज, काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।

यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ । सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्