समाचार

सभापति देउवा निर्वाचित

२९ मंसिर २०७८, बुधबार ००:४९
सभापति देउवा निर्वाचित

२९ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।

मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । तर निर्वाचन समितिले अन्तिम आधिकारिक मत घोषणा गर्न बाँकी छ ।

 ३३ मत बदर भएको थियो। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६४ जनाले मतदान गरेका थिए।

देउवाले पाएको मत कुल प्रतिनिधिको ५७.६२ प्रतिशत हो। पहिलो चरणमा देउवाको विरुद्धमा सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा समर्थन गरेपछि देउवालाई चुनाव जित्न सहज बनेको थियो।

सोमवारसम्म पहिलो चरणमा सभापति नछानिए देउवालाई समर्थन नगर्ने भनिरहेका निधि र सिंह दुवैले साथ नदिँदा कोइराला भने पराजित हुन पुगे।

देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।

प्रतिक्रिया दिनुहोस्