प्रदेश

कोशीका दुई पूर्वमुख्यमन्त्री शेरधन र राजेन्द्रबीच आलाेपालाे सरकारकाे प्रस्ताव

१ आश्विन २०८०, सोमबार १२:३३
कोशीका दुई पूर्वमुख्यमन्त्री शेरधन र राजेन्द्रबीच आलाेपालाे सरकारकाे प्रस्ताव

१ असोज, धरान। कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ।

आइतबार राती एमाले स्थायी कमिटी सदस्य र एकीकृत समाजवादीका सचिव बीच धरान उपमहानगरपालिका-१५ स्थित धरान किचन होटलमा भेट भएको हो।

सत्ता सङ्कटका विषयमा दुई पूर्वमुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा भेट भएको हो । भेटका क्रममा कोशीमा देखिएको सत्ता सङ्कटका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनमा सहयोग गर्न राजेन्द्रलाई आग्रह गरेका छन् । आफूहरुबीच भेट भएको स्वीकार गर्दै पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनका बारेमा छलफल भएको बताए ।

शेरधनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जाँदा अस्थिरता आउने भन्दै आलोपालोमा मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको राजेन्द्रले बताएका छन्। उनीहरुले भोजपुरको विकासका विषयमा पनि छलफल गरेको बताए।

राजेन्द्रले अहिले एमालेविरुद्ध गठबन्धनमा आबद्ध दलहरु एक भएकाले कार्की नेतृत्वको सरकारलाइ समर्थन जनाउन नसकिने जवाफ दिएका थिए। शेरधनले एउटै जिल्लाबासी भएका नाताले कोशी प्रदेश सरकार र भोजपुरको समग्र विकासका विषयमा छलफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्