१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ बिरामी थपिएका छन् ।
योसँगै यसवर्ष डेंगीका बिरामीको संख्या २७ हजार ९६८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । डेंगीका कारण यो वर्ष १५ जनाको मृत्यु भइसकेको छ । हाल देशका पाँचवटा जिल्लामा डेंगी संक्रमितकोको संख्या ५०० भन्दा माथि रहेको छ ।
उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांशपेशीहरू दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु र वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगीका लक्षण हुन् ।