समाचार

पशुपतिनाथ बसपार्कको सम्झौता भंग, अर्को टेन्डर गरिने

१ आश्विन २०८०, सोमबार १२:११
पशुपतिनाथ बसपार्कको सम्झौता भंग, अर्को टेन्डर गरिने

१ असोज, काठमाडौं । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेलाई पशुपतिनाथको बसपार्कमा पार्किङ नि:शुल्क गरिएको जानकारी दिएका हुन् ।

बसपार्कमा अनियमितता, लापरबाही र कानुनको गम्भीर उल्लंघन भएकाले आइतबार बेलुकीदेखि लागू हुनेगरी सम्झौता भंग गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए। पार्किङ शुल्क उठाएर तिर्नुपर्ने बक्यौता रकम नतिरेको पाइएको मन्त्री किराँतीले बताए।

“पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकाले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ नि:शुल्क गरिएको जानकारी गराइन्छ,” किरातीले फेसबुकमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्