१ असोज, काठमाडौं । नेकपा (एमाले) ले नवौं संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा कार्यक्रम गर्ने भएको छ ।
असोज ३ गते विहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । दिउँसो साढे १२ बजेदेखि सुरु हुने कार्यक्रममा अतिथि वक्ताका रूपमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्ती, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, संविधानविद् नीलाम्वर आचार्यलगायत आमन्त्रित छन् ।
‘हाम्रा हक संविधानमा लेखिएका दिन, असोज तीन । असोज तीनको मर्निङवाक नेश्नल वाक, सेल्फी वीथ नेश्नल फ्ल्याग । आउनुस् नारायण चौरमा तीन गते भेट गरौं । यस पटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं,’– उन आज सामाजिक सञ्जालमार्फत सार्वनिक भएको भिडिओमा भनेका छन् ।