१ असोज, काठमाडौं । संस्थापन इतरका नेता शेखर कोइरालाले बालुवाटार सम्पर्क कार्यालयमा बैठक बोलाएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहले आगामी रणनीति तय गर्न छुट्टै बैठक बोलाएको हो।
नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका हुन्।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको कोइरालाको सचिवालयका एक सदस्यले जानकारी दिए।
कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।