समाचार

कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ४४०० मत खस्यो

२८ मंसिर २०७८, मंगलवार १५:२३
कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ४४०० मत खस्यो

२८ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ ।

साँझ ९ बजेसम्म ४ हजार ४ सय बढी मत खसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न छ स्थानबाट व्यवस्था भइरहेको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो । ।

प्रतिक्रिया दिनुहोस्