अन्तर्वार्ता

निराधार आरोप लगाएर मेरो चरित्र हत्या गरियो: वडा अध्यक्ष प्रभानन्द आचार्य

३१ भाद्र २०८०, आईतवार ०३:४०
निराधार आरोप लगाएर मेरो चरित्र हत्या गरियो: वडा अध्यक्ष प्रभानन्द आचार्य

३१ भदौ, कालिकोट। खाँडाचक्र नगरपालिका ४ का वडा अध्यक्ष प्रभानन्द आचार्यले आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन्। आफ्नाविरुद्ध सञ्चार माध्यमबाट निरन्तर दुष्प्रचार गरिएको भन्दै  वडा अध्यक्ष आचार्यले आपत्ति जनाएका छन्।

आफूमाथि पछिल्ला केही दिनदेखि व्यक्तिगत र राजनीतिक चरित्र हत्या भइरहेको वडा अध्यक्ष आचार्यको भनाइ छ। ‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने दूषित मनशाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

 

स्थानीय सरकार भनेको घर आगनको सरकार हो । स्थानीय सरकार भनेको वडामै गएर जनतालाई सेवा दिनु मात्र होइन । आवश्यकता अनुसार जनताको घर घरमा गएर सेवा दिनुनै वडा अध्यक्षको धर्म हो । यो जनताको निकटतमको सरकार हो । सेवाको वरिपरि जनता होइन जनताको वरिपरि सेवा हुनुपर्छ भन्ने मान्यता अनुसार यो सरकारको परिकल्पना गरिएको हो ।

यो जनताको दैनिक सेवा सुविधाको वितरणमा प्रत्यक्ष रूपमा संलग्न रहेको हुन्छ । यो जनताको घर आगनको सरकार हो । स्थानीय सरकार जनताको अभिभावकीय सरकार हो । आमनागरिकलाई सेवासुविधा छिटो, छरितो, सरल, सहज, गुणस्तरीय, भरपर्दो, विश्वसनीय र कम मूल्यमा सेवा सुविधा गर्नु यसको परम धर्म हो ।

जनताको हालसम्म कुनै पनि काम रोखिएको छैन । जनतालाई सेवा हिड्ने बेला होस्, बाटो होस्, घरमै होस्, वा कुनै बास्त बाबजुद पनि जनताको काम रोकिएको छैन। आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले निश्चित एक झुण्डले मेरो बारेमा गलत अफवाह फैलाउने काम गरेको छ ।

सानो बजेटमा धेरै समस्या हाल गर्नुपर्ने । स्थानीय सरकारको बजेट शीर्षक शुन्य भए पनि आफुले सेवामा कमि हुन् दिएको छैन । किन भने जनता आफु प्रति धेरै आशावादी भएका कारण आफ्नो घरको पैसा पनि सहयोग गरेको वडा अध्यक्ष आचार्यले बताएका छन् ।

वडा अध्यक्ष आचार्यले भने ” हाम्रो वडामा मात्रै दुई लाख बजेटमा राजनीतिक भाग भन्डा लागाउनु पर्छ भने राजनीतिक दलको माग थियो । त्यो असम्भाव रहेको भन्दा नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ।

जनतालाई थाहा नै छ । म जनताको काममा अहोरात्र खटिएकै छु । जनतालाई निराश गराएको छैन । एक बर्ष कार्यक्रमा सडक आरसिसि, विधुत, खानेपानी सबैको घरमा पुगेको छ ।  स्वास्थ्य, शिक्षा गुणस्तर बनाउभन्दा जनताको साथ सपोट भन्डा बढी बिरोध हुन्छ । यदि सपोट गर्न सकिदैन भने बिरोध पनि नगर्नु भन्दा मिडिया र सामाजिक संजाल मार्फत मलाई नै चरित्र हत्या गर्न खोजिन्छ ।

वर्षायाम सुरुसँगै कच्ची सडकमा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत तथा सम्भारका निम्ती बर्सेनि लाखौ रुपैयाँ स्थानीय सरकारको लगानी गरेको छ । बिहान सडक मर्मत गरेर घर नपुग्दै बेलका पानि आउँदा सडकको हालत उस्तै हुन्छ । हामीसंग प्राप्त बजेट छैन । प्राप्त बजेट भएको भए सबै सडक आर.सी.सी गर्ने पहल रहेको वडा अध्यक्ष आचार्यले बताए ।
नियोजित रुपमा म बिरुद्ध व्यक्तित मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण सञ्चार माध्यम र सञ्चारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्