३१ भदौ, चितवन । चितवनकाे रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । गाेहीकाे आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोकाे ज्यान गएकाे हाे ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोका शनिबार साँझ डुङ्गाघाट क्षेत्रमा शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।