समाचार

बीपी वामपन्थीसँगको सहकार्यमा चुके -प्रदिप ज्ञवाली

३० भाद्र २०८०, शनिबार १२:३२
बीपी वामपन्थीसँगको सहकार्यमा चुके -प्रदिप ज्ञवाली

३० भदौ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बीपी कोइरालाले वामपन्थीहरुलाई टाढा र अन्य शक्तिलाई नजिक ठान्नु गलत भएको बताएका छन् ।

काठमाडौंमा बिपीको जेल डायरी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले वामपन्थीसँगको सहकार्यमा बिपी चुकेको तर्क  गरेका हुन् ।
वाममोर्चा र नेपाली कांग्रेसबीचको सहकार्यबाट मात्रै पञ्चायत ढलेको स्मरण गर्दै उनले वामपन्थीबाट टाढा हुन खोज्ने सवालमा भने बिपी असफल भएको उनको तर्क छ ।

‘हिंसा सबै स्थानमा गलत पनि हुदैन, सबै स्थानमा सही पनि हुँदैन । मलाई हिंसा र नैतिकताको बारेमा बिपीका विचार बुझ्न मन छ । ०४६ सालमा जतिबेला वाम मोर्चा र नेपाली कांग्रेसको बीचमा संयुक्त मोर्चा बन्यो र संयुक्त आन्दोलन भयो पञ्चायत त्यतिबेला मात्रै ढल्न सक्यो,’ उनले भने ‘वामपन्थीलाई टाढा अरू शक्तिलाई नजिक ठानेर जुन बाटोबाट अगाडि बढ्न खोज्नुभयो त्यो सफल नभएको एउटा यथार्थ हो । त्यसकारण इतिहास हेर्दा बिपीका ती कदमहरूलाई पनि विश्लेषणात्मक ढंगले हेर्नुपर्छ ।’

तर समाजवादप्रतिको दृढता चाँहि एकदमै अविचलित एकदमै आकर्षक रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्