समाचार

कांग्रेस सभापतिमा: देउवा र कोइराला भिड्ने

२८ मंसिर २०७८, मंगलवार ०४:०७
कांग्रेस सभापतिमा: देउवा र कोइराला भिड्ने

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पार्टीको निर्वाचन समितिका अनुसर दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी गरिएको छ ।

कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएपनि उनले बहुमत ल्याउन नसकेको कांग्रेस महाधिवेशन मिडिया सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिए। डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।

 उनले पाएको मत ४८.२३ प्रतिशत हो। मतपरिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले जितका लागि ८३ मत कम ल्याएका छन्।

दोस्रो बनेका  शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए ।प्रकाशमानले ३७१ मत पाउदा अर्का उम्मेदवार विमलेन्द्र निधिले २४९ मत पाए । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २० मत पाएका थिए।  कांग्रेस निर्वाचन समितिका अनुसार ७७ मत बदर भएको थियो ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनुहोस्