समाचार

सभापतिमा कसैको पनि बहुमत आएन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

२८ मंसिर २०७८, मंगलवार ०३:४१
सभापतिमा कसैको पनि बहुमत आएन, दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ ।

पुनः निर्वाचनमा जाँदा धेरै मत प्राप्त गरेका दुईजनाबीच प्रतिष्पर्धा हुनेछ । जसमा सभापतिका उमेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले १९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरूङले १७ मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्