समाचार

कांग्रेस महाधिवेशन : सभापति जित्न कति मत चाहिने ?

२८ मंसिर २०७८, मंगलवार ०३:०५
कांग्रेस महाधिवेशन : सभापति जित्न कति मत चाहिने ?

२८ मंसिर, काठमाडौं ।नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ४ हजार १ सय ७४  मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।

आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए, जसमध्ये ६४ जनाले मतदान नगरेको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

हालसम्म ३ हजार ९७७ मत गणना गर्दा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले १९ सय मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ४६७ मत पाएका छन्। प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधिले २३० मत पाएका छन् । अर्का उम्मेदवार कल्याण गुरुङको २० मत रहेको छ ।

अब देउवालाई जित्न ४४० मत चाहिने छ ।

प्रतिक्रिया दिनुहोस्