समाचार

३ हजार ९७७ मत गणना गर्दा देउवाले पाए १९ सय मत

२८ मंसिर २०७८, मंगलवार ०२:५३
३ हजार ९७७ मत गणना गर्दा देउवाले पाए १९ सय मत

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार भइरहेको मतगणनामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले शुरूआती अग्रता लिइरहेका छन् ।

३ हजार ९७७ मत गणना गर्दा देउवाले १९ सय मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ४६७ मत पाएका छन्। प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधिले २३० मत पाएका छन् । अर्का उम्मेदवार कल्याण गुरुङको २० मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्