अर्थ / वाणिज्य

एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता

२६ भाद्र २०८०, मंगलवार १४:५३
एभरेष्ट बैंक र ओम अस्पतालबीच सम्झौता

२६ भदौ, काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत  यमबहादुर महतद्वारा हस्ताक्षर भएकाे उक्त सम्झौता लागू भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

साथै बैंकका सम्पूर्ण ग्राहक तथा पारिवारका सदस्यहरूले उक्त अस्पतालबाट आइपिडि डायगनोस्टिक्स, फार्मेशी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्