२६ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताए ।
नेता नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनले आज शोक बक्तव्य जारी गर्नुहुँदै सो कुरा बताए । मंगलबार शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरे।
‘२०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ’, जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो।’
“उनको सुझ बुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर बिबाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य छ अध्यक्ष तिमिल्सिनाले भन्नुभएको छ, उहाँको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको छ। राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमान्दार नेता गुमाएको छ। दुःखको यस घडिमा नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु” उनले शोक बक्तव्यमा उल्लेख गरेका छन ।