२६ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) की केन्द्रीय सदस्य एवं मधेस प्रदेशकी सांसद बिन्दुकुमारी यादवको निधन भएकाे छ।
उनकाे उपचारकाे क्रममा जनकपुरकाे काव्य अस्पतालमा निधन भएकाे थियाे। यादव लामो समयदेखि क्यान्सर राेगबाट ग्रसित थिइन्। मधेस प्रदेशमा जसपाको तर्फबाट उनी समानुपातिक सांसद बनेकी थिइन्।