समाचार

कांग्रेस सभापतिको मतगणना अपडेट: देउवाले लिए शुरुआती अग्रता

२८ मंसिर २०७८, मंगलवार ०२:१०
कांग्रेस सभापतिको मतगणना अपडेट: देउवाले लिए शुरुआती अग्रता

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार भइरहेको मतगणनामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले शुरूआती अग्रता लिइरहेका छन् ।

अहिलेसम्म ३ हजार ६६ मत गनिसक्दा देउवाले १४६५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १ हजार १३१ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले २५०, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १२ मत पाएका छन्।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए। कांग्रेस सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्