२६ भदौ,काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ओलीले आफ्नो लागि नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख र दुःखको साथी पनि रहेको स्मरण गराएका छन् ।
उनले लेखेका छन्-मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !