समाचार

मतगणना जारी रहँदा कल्याण गुरुङले महाधिवेशन प्रतिनिधिलाई दिए धन्यवाद

२८ मंसिर २०७८, मंगलवार ०२:०१
मतगणना जारी रहँदा कल्याण गुरुङले महाधिवेशन प्रतिनिधिलाई दिए धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार कल्याण गुरुङले आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सोमबार राति सम्पन्न निर्वाचनको मतगणना चलिरहँदा उम्मेदवार गुरुङले १४औँ महाधिवेशनमा आफूलाई मत दिनेहरु धन्यवाद दिँदै भावी दिनमा साथ र सहयोगको अपेक्षा गरेको बताए ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ५ जना सभापतिको प्रतिष्पर्धामा रहेका छन् । हालसम्मको परिणाममा गुरुङ पाचौँ नम्बरमा रहेका छन् ।

अहिलेसम्म २ हजार ६ सयमत गनिसक्दा देउवाले ७६८ मत पाएका छन्। हाल देउवाले १२२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ९८० मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको १६३ तथा सभापतिका अर्का प्रत्यासी  कल्याण गुरुङले १२ मत पाएका छन्।

उनले आफ्नो फेसबुकमा लेखका छन् । ‘आफ्नो अमूल्य मत दिएर पार्टीको नेतृत्व चयन गर्न अत्यन्त धैर्यताका साथ आफ्नो सक्रिय साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’।

‘हार्दिक धन्यबाद एवं आभार व्यक्त गर्दछु । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आफ्नो अमूल्य मत दिएर पार्टीको नेतृत्व चयन गर्न अत्यन्त धैर्यताका साथ आफ्नो सक्रिय साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पुर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरुमा हार्दिक आभार व्यक्त गर्दछु । सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुलाई वहाँहरुले प्रदान गर्नु भएको अमूल्य मतको लागि हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै भावी दिनहरुमा अझ बढी साथ, सहयोग, सदभाव, समर्थन र सक्रियताको अपेक्षा पनि गर्दछु । जय नेपाल ।’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्