समाचार

श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

२५ भाद्र २०८०, सोमबार ०२:४१
श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

२५ भदौ,काठमाडौं । नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक आजबाट सुरु हुँदै छ । काठमाडौंमा आज र भोलि दुई दिन चल्ने बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका हुन् ।

प्रधानमन्त्रीले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई सहभागी गराई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्। बैठक आगामी मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा चल्नेछ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गर्ने बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सक्रिय सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्