प्रदेश

कोशी प्रदेश: भौतिक पूर्वाधार विकास मन्त्री कार्की अस्वस्थ

२५ भाद्र २०८०, सोमबार ०२:२२
कोशी प्रदेश: भौतिक पूर्वाधार विकास मन्त्री कार्की अस्वस्थ

२५ भदौ,झापा । बिरामी हुँदाहुँदै शुक्रवार अस्पतालको बेडबाट शपथ खान झापाको बिर्तामोडबाट विराटनगर पुग्नु भएका कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ  ल्याइएको छ।

मन्त्री कार्कीलाई मुटुमा समस्या सँगै डेंगु सङ्क्रमण भएको बताइएको छ । उनलाई मुटु रोग पनि रहेको र डेंगु सङ्क्रमणका कारण दैनिक रूपमा प्लेटलेट घट्दै गएका कारण थप उपचारका लागि चिकित्सकहरूले सुविधा सम्पन्न अस्पताल जान सुझाव दिएको उनको परिवारले जनाएको छ ।

मन्त्री कार्कीको वीर अस्पताल काठमण्डौमा उपचार भइरहेको नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराइरहनु भएका प्रदेश सभा सदस्य कार्कीलाई मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्री नियुक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्