समाचार

कांग्रेस सभापतिको मतगणना अपडेट : देउवाले अग्रता फराकिलो बनाउँदै

२८ मंसिर २०७८, मंगलवार ०१:४३
कांग्रेस सभापतिको मतगणना अपडेट : देउवाले अग्रता फराकिलो बनाउँदै

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार भइरहेको मतगणनामा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले शुरूआती अग्रता लिइरहेका छन् ।

अहिलेसम्म २ हजार ६ सयमत गनिसक्दा देउवाले १२२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ९८० मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको १६३ तथा सभापतिका अर्का प्रत्यासी  कल्याण गुरुङले १२ मत पाएका छन्।

सभापति जित्नका लागि ५० प्रतिशत भोट ल्याउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्