समाचार

देउवाको दाबी : बिपीले देखाएकै मार्गमै हिँडिरहेका छौँ

२४ भाद्र २०८०, आईतवार ०८:१४
देउवाको दाबी : बिपीले देखाएकै मार्गमै हिँडिरहेका छौँ

२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताएका छन् ।

आइतबार संस्थापक नेता बिपी कोइरालाको ११०औँ जन्म जयन्तीमा उनले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरू हिँडिरहेको बताएका हुन् । देउवाले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभइ अनुकरण पनि गर्दै आएको दाबी गरे ।

मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ । ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं,’ उनले भने । तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बिपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।

 तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।

आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’

यहाँ उपस्थित रहनुभएका धेरै साथीभाइहरूले समय र उमेरका कारणले बिपीलाई भेट्ने अवसर पाउनुभएन, जतिले पाउनुभयो, जति समय पाउनुभयो उहाँहरूले पक्कै पनि आफ्नो विचारमा, दृष्टिकोणमा, जीवन दर्शनमा र व्यवहारमा उहाँबाट केही न केही कुरा अवश्य लिनुभएको छ । मेरो राजनीतिक प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्छ ।’

बिपीको ११०औँ जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर जयन्ती मनाइएको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् । लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्