२४ भदौ, काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन्। वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन्।
शनिवार वीरगन्जमा भएको निर्वाचनमा खण्डेलवालले प्रतिस्पर्धी श्रेष्ठलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचनमा १९५ जनाले मतदान गरेकोमा खण्डेलवालले १०४ मत पाएका थिए भने श्रेष्ठले ८७ मत ल्याएका थिए ।
वीरगञ्जमा शनिबार अपरान्ह १ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो। संघको ५० औँ स्थापना दिवसका साथ स्वर्ण महोत्सव मनाएको एनसीडीएले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छान्न शुक्रबारदेखि वीरगञ्जमा १४ औँ राष्ट्रिय अधिवेशनको आयोजना गरेको थियो।