नेपाली चलचित्र

भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

२३ भाद्र २०८०, शनिबार १४:२३
भेनिसको फोटोकलमा सौगात, सृष्टि र विपिन

काठमाडौं । नेपाली समयानुसार शुक्रबार बेलुका भेनिस फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुँदैछ । प्रिमियरअघि फिल्मका कलाकारले भेनिसको फोटोकलमा सहभागिता जनाएका छन् ।

प्रेममा ब्रेकअपपछि एकसाथ कहिलै नदेखिएका सौगात र सृष्टि पहिलो चोटी आमने–सामने भएका छन् । शुक्रबार इटालीको ‘भेनिस फिल्म फेस्टिभल’मा उनीहरु एकसाथ देखिएका हुन् । भेटमा उनीहरुले भेटमा एकअर्काेसँग बोलचाल पनि नगरेको बताइन्छ । दुबैले एकअर्काेलाई हेरेका मात्र थिए ।

निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, छायाकार सुसन प्रजापित लगायतले फोटोकलमा भाग लिए । भेनिसको ओरिज्यान्टी विधामा छनोट भएको यो फिल्मले प्रिमियरअघि नै मेन्सन अवार्ड जितिसकेको छ ।

फिल्ममा प्रविण खतिवडा, सोनम लामा, अञ्जु देउजा र बी विश्वकर्माको पनि फिल्ममा अभिनय छ । उनीहरुले यो फिल्म अभिनय प्रेममा रहेकै समय गरेका थिए । यी दुईले एकसाथ फिल्म ‘पोइ प¥यो काले’, ‘राधा’, ‘माइकल अधिकारी’ समेत अभिनय गरेका थिए ।

भेनिसबाट प्राप्त ताजा तस्वीरमा फिल्मको कास्ट एण्ड क्रिउ हर्षित मुद्रामा प्रस्तुत भएका छन् । आज हुने रेडकार्पेटमा कलाकारले इटालीका मिडियासँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्