समाचार

कांग्रेस महाधिवेशनः परिणामबारे आम कौतुहलता, कसले मार्ला बाजी?

२८ मंसिर २०७८, मंगलवार ०१:३०
कांग्रेस महाधिवेशनः परिणामबारे आम कौतुहलता, कसले मार्ला बाजी?

२८ मंसिर, काठमाडौं। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम राति अबेर सकिएसँगै नतिजाबारे आम कौतुहलता बढेको छ ।

सभापतिका पाँच दाबेदारमध्ये सबैभन्दा बलियो रहेका अनुमान गरिएका वर्तमान सभापति शेरवहादुर देउवाले पहिलो चरणमै बाजी मार्छन् कि रोकिन्छन् भन्ने प्रमुख चासो रहेको छ । अहिले सम्मको गणना अनुसार देउवा झण्डै ८० मतल अगाडी देखिएका छन् । उनलाई कोईरालाले पछ्याई रहेको अवस्था छ ।

कांग्रेस विधानमा सभापतिका लागि दुईभन्दा बढी उम्मेदवार भएमा निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नकटेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच फेरि निर्वाचन गर्नुपर्ने हुन्छ । अघिल्लो महाधिवेशनमा सभापति देउवाले दोस्रो चरणमा मात्रै जित हात पारेका थिए ।

सभापतिका पाँच उम्मेदवारमध्ये देउवाको प्रतिस्पर्धीका रूपमा डा शेखर कोइराला र प्रकाशमान सिंहलाई हेरिएको छ । विमलेन्द्र निधि र कल्याण गुरुङलाई तुलनात्मकरूपमा कमजोर प्रतिस्पर्धीका रूपमा लिइए पनि उनीहरूले प्राप्त गर्ने मतले पनि सभापतिको निर्वाचन पहिलो चरणमै टुंगिन्छ कि दोस्रो चरणमा जानुपर्ने हुन्छ भन्ने निर्धारण गर्नेछ । पहिलो चरणमै जित हात पार्न नसके दोस्रो चरण देउवाका लागि फलामको चिउरा चपाएसरह हुने देखिएको छ ।

मतदानकै क्रममा देउवा सचिवालयले वरिष्ठ नेता रामचन्द्र पौडेल र डा शशांक कोइराला देउवा प्यानलमा आएको भन्दै भ्रमपूर्ण प्रचार गरेको भन्दै पौडेल र कोइराला सचिवालयले कडा प्रतिवाद गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्