खेलकुद

एसिया कपः श्रीलंकाले बंगलादेशलाई दियो २ सय ५८ रनको लक्ष्य

२३ भाद्र २०८०, शनिबार १३:५१
एसिया कपः श्रीलंकाले बंगलादेशलाई दियो २ सय ५८ रनको लक्ष्य

२३ भदौ, काठमाडौँ। एसिया कप क्रिकेटको सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।

उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए र कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बंगलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।

सुपर फोरको पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्