समाचार

पुटिनले वाग्नर प्रमुख प्रिगोजिनकाे हत्या गरेका हुन्: युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे दाबी

२३ भाद्र २०८०, शनिबार ०३:२४
पुटिनले वाग्नर प्रमुख प्रिगोजिनकाे हत्या गरेका हुन्: युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे दाबी

२३ भदौ, रुस। रुसको निजी सैन्य संगठन, वाग्नर समूहका प्रमुख ६२ वर्षीय येवगेनी प्रिगोजिनको मृत्यु भएको छ। बुधबार उनी चढेको विमान मस्कोको उत्तरी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले प्रिगोजिनसँगै वाग्नर समूहका सहसंस्थापक दमित्री अतकीन, पाँच अन्य यात्री र चालक दलका तीन सदस्यको मृत्यु भएको जनाएको छ।

यद्यपि पुटिनले भनेका थिए, ‘येभगेनी प्रिगोजिन प्रतिभाशाली थिए, तर गल्ती गरे।’पुटिन उनको अन्त्येष्टिमा पनि सहभागी हुन सकेनन् ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विद्रोही वाग्नर समूहका प्रमुख येभजेनी प्रिगोजिनको मृत्युमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको दाबी गरेका छन् ।

प्रिगोजिनको गत महिना उनका शीर्ष लडाकुहरूसँग एक संदिग्ध विमान दुर्घटनामा मृत्यु भएको थियो। जेलेन्स्कीले आफ्नो दावीलाई समर्थन गर्न कुनै प्रमाण प्रस्ताव गरेनन्।

रुसीसँगै विदेशी नागरिकलाई समेत सैन्य समूहमा आबद्ध गरेर सुरक्षार्थ खटाउने एक निजी सैन्य समूह हो–वाग्नर। डेढ वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्धमा वाग्नरले रुसलाई सैन्य सेवा दिइरहेको थियो। तर वाग्नर प्रमुख प्रिगोजिनले दुई महिना पहिले, जुन २३ मा रुसमा विद्रोह गरे। त्यसले संसारभर हलचल ल्याइदियो। कतिपयले यसलाई ‘सैन्य कूको प्रयास’ भएको टिप्पणी पनि गरे।

वाग्नर प्रमुख प्रिगोजिनले भने आफूले विद्रोह नगरेको दाबी गरेका थिए। विद्रोहको प्रयास गरेको नभइ रुसी नागरिकका लागि लड्न लागेको उनको भनाइ थियो। तर उनले त्यसक्रममा रुसी रक्षामन्त्री सर्गेई शोइगुइलाई हटाउनुपर्ने माग गरेका थिए। युक्रेन युद्धमा रुसी सेनाले भोगेको असफलता र युक्रेनमा भएको रुसी सेनाको उच्च क्षतिलाई उनले शोइगुइको असफलता भनेका थिए।

प्रतिक्रिया दिनुहोस्